फेसबुक सफा गर्ने फेसवास

के तपाइँको फेसबुक प्रोफाइल फोहोर भएको छ ? अर्थात् नचाहिने खालका, अश्लील लाग्ने धेरै सामाग्री पोष्ट भएका छन् वा सेयर भएका छन् जुन तपाइँ हटाउन चाहनुहुन्छ र फेसबुकलाई चिटिक्क पार्न चाहनुहुन्छ ।

त्यसो हो भने चिन्ता नलिनुस् एउटा यस्तो एप्लिकेसन आइसकेको छ जसले तपाइँको फसबुक प्रोफाइललाई सफा गरिदिनेछ । फेसवास नामको यो एप्स फेसबुक प्रयोगकर्तामाझ निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।

गठबन्धनका दलहरुबीच मतभेद सुरु


प्रकाश तिमल्सिना, काठमाडौं, माघ १४ - प्रधानमन्त्री बाबुराम भट्टराई र उनको सरकारलाई सहयोग गर्ने सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनका बीच धारणा बाझिन सुरु गरेको छ। गठबन्धनले पुस २५ भित्र निर्वाचनमा सहमति नभए पुनर्स्थापनाका लागि आन्दोलन गर्ने र जनमत बढाउने क्रियाकलाप अघि बढाइरहेका बेला प्रधानमन्त्री भट्टराई भने त्यसको विपक्षमा देखिएका छन्।

मलेशियाविरुद्ध नेपाल ७ विकेटले विजयी

१४ माघ काठमाडौं । थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले मलेशियालाई ७ विकेटले पराजित गरेको छ । जितसँगै ३ खेलबाट ६ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । समूह चरणको अन्तिम खेलमा अब नेपालले भोलि हङकङसँग खेल्नेछ ।

मलेशियालले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले ११ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा मधु थापाले सर्वाधिक १६ रन बनाइन् । सीता मगर र नेरी थापाले समान १०/१० रन जोड्दा सरीता मगरले ९ रनको योगदान दिइन् । रोशनी बोहोरा भने १ रनमा पभेलियन फर्किइन् ।

२१ जनालाई मृत्युदण्ड तोक्दा ३० को ज्यान गयो, ३०० घाइते

कायरो, माघ १४ (एजेन्सी)- फुटबलको विषयलाई लिएर भएको पोर्ट दंगामा संलग्न रहेका २१ जनालाई मृत्युदण्डको सजाय सुनाएपछि भएको भिडन्तमा परी ३० भन्दा बढीले ज्यान गुमाएका छन्। दोषी ठहर गरिएकाका आफन्त र सुरक्षाकर्मीबीच भिडन्त भएको सरकारी टेलिभिजनले जनाएको छ। 

आजको राशिफल

आज विक्रमसंवत् २०६९ साल माघ १४ गते आइतबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ जनवरी २७, नेपाल संवत् ११३३, पौष शुक्लपक्ष (पोहेलाथ्व), पूर्णिमा तिथि, माघस्नान सुरु, आर्य दिवस, नेवारी पर्व हैगुमिलापुन्हि, हलो बार्ने,, तिष्य नक्षत्र, प्रीति योग, बालब र कौलव करण, कर्कट राशीको चन्द्रमा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अति प्रतिकूल समय छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । बढी खर्च र यात्रा दुवैलाई नकार्न सकिन्न । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ ।

मोडलहरु

          

देश

सबै पढ्नुहोस् >>>>

प्रवास

सबै पढ्नुहोस् >>>>

ग्यालरी

सबै पढ्नुहोस् >>>>