बेलायतको कार्डिफमा हरेक वर्ष एउटा यस्तो
रक्सी खाने पर्व हुन्छ जहाँ विद्यार्थीहरु रातभरी नै टन्न रक्सी धोकेर
सडकमा रमिता देखाउँछन् । यो पाला पनि त्यस्तै भयो । उक्त मेलामा
विश्वविद्यालयका स्नातक तह भन्दा मूनिका विद्यार्थीहरु रातभर सडकमै रल्लिए र
अश्लील हर्कत गरे । उक्त जँड्याहा पर्वमा सहभागी तरुनी छात्राहरु केवल
भित्री वस्त्र तथा एउटा जँड्याहा पार्टी आयोजकको आधिकारिक टिसर्ट लगाएर
निकै भद्दा रुपमा प्रस्तुत भएका थिए । ती झण्डै नांगा तरुनी छात्राहरुले
तन्नेरीसँग सडकमै विभिन्न अश्लील क्रियाकलाप पनि गर्न भ्याए । कतिपय सडकमै
रक्सीले मात्तिएर बेहोस हुनेगरी पल्टिएका देखिन्थे त कतिलाई बढि अश्लील
हर्कत गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिने प्रयास पनि गरेको थियो ।कुरकुरे बैँशले मत्त तरुनी तथा तन्नेरी विद्यार्थीहरुलाई जाँड पार्टीले निकै खुसी तुल्याएको थियो तर आलोचकहरुले भने यसले समाजमा अभद्रता, अश्लीलता तथा सद्भाव बिगारेको र विद्यार्थीलाई कुलत सिकाएको भन्दै आयोजकको आलोचना गरे ।






