क्यालिफोर्निया को डेविसमा नाफकाले बाणिज्य दुत महत लगायत बे एरियाका अनलाईन मिडियाहरुलाई अभिनन्दन गर्यो


awards2-Copy
क्यालिफोर्निया, सम्बाददाता, अक्टोबर २१, २०१२ को साँझ क्यालिफोर्नियाको डेविस स्तिथ भेटरन्स मेमोरियल हलमा ( Nepalis and friends cultural Association) नाफकाले एक बृहत दशैं तिहार,म्ह पूजा तथा छैट पर्वलाई मनाउन बरिस्ट लोक गायक तथा बाणिज्यदूत प्रेम राजा महतको प्रमुख अतिथ्य र नेपाली गीत संगीतका चीर परिचित बरिस्ट संगीतकार मदन दीप बिमको उपस्तिथिमा बिबिध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
बाणिज्यदूत प्रेम राजा महत र वेल्स फार्गो ब्यांकलाई नाफ्काका पेट्रोन तथा बरिस्ट समाजसेवी दुर्गा दहालले सम्मान तथा अभिनन्दन पत्र प्रदान गर्नु भयो साथै बे एरियाका अनलाईन मिडिया हाम्रोसमाज.नेट का संचालक तथा प्रधान सम्पादक ध्रुव थापा, जनपुकार डट कमका संचालक धनन्जय नरशिंह केसी र मदर ल्याण्ड नेपाल युट्युब च्यानलका संचालक अनिल पाण्डेलाई नियमित समाचार सम्प्रेषण गरेर नेपाली समुदायको गतिविधिलाई प्रचार प्रसार गरेबापात नाफ्काका सल्लाहकार तथा बरिस्ट समाजसेवी गजेन्द्र अधिकारीले संस्थाको तर्फबाट अभिनन्दन पत्र प्रदान गर्नु भयो ।
 उक्त कार्यक्रममा नाफ्काका अध्यक्ष गीतकार तथा कवि बासु ढकालले सबैलाई स्वागत तथा अभिनन्दन गर्ने क्रममा हामी नेपाली बिश्वको जुनै कुनामा रहेपनि आफ्नो नेपाली भाषा साहित्य र संस्कृतिलाई बचाई राख्नु पर्ने र नेपालको बिबिध सांस्कृतिक पर्वलाई फुटेर होइन जुटेर यहाँ पनि संरक्षण गर्नु पर्ने र यसको लागि कसैले यहाँ बिभाजनको राजनीति नगर्न समेत आग्रह गर्नु भयो।
रोज श्रेष्ठ द्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य डा.नबिन तिम्सिनाले राख्नु भएको थियो भने दशैँको महत्वको बारेमा डा. गंगा देवले बिस्तृत ब्याख्या गर्नु भएको थियो । कार्यक्रमको पहिलो चरणमा सुदिप बानिया र सन्दिप बानियाले नेपालको राष्ट्रिय गान गाएका थिए। कार्यक्रममा नेपाली संस्कृति झल्कने बिबिध नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा सबैको आकर्षणको केन्द्र बिन्दु रहेका बरिस्ट लोक गायक तथा बाणिज्यदूत प्रेम राजा महतज्यूले दर्शकलाई आफ्नो मनमोहक तथा सुपर-हिट गीतद्वारा तताएर सबैलाई भरपूर मनोरंजन दिएका थिए ।
सम्भवत पहिलो पल्ट उत्तरी क्यालिफोर्नियामा बरिस्ट संगीतकार तथा गायक श्री मदन दीप बिमले बाणिज्यदूतको अनुरोधमा एउटा गीत प्रस्तुत गर्नु भएको थियो जसलाई दर्शकले धेरै रुचाएका थिए । त्यसै गरि गीत प्रस्तुत गर्नेहरुमा अमुल शेरचन, नीता थोरसन, रत्ना बराईली, पूजा शर्मा, कलस अमात्य लगायतका स्थानीय कलाकारुले आफ्नो गीत प्रस्तुत गरेका थिए, त्यसैगरी सबिना ढकाल, आश्था श्रेष्ठ, शान्ति तामांग, मिली अधिकारी,जूली अधिकारी,नेहा खड्का, गङ्गा रिमाल,खुस्मा र रुष्मा, आकृति महर्जन,बेल्ला,अनिषा, अनुस्का,आयुष लगायतका स्थानीय कलाकारहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए. साथै कबि सौरव पोखरेल,कबि तथा गीतकार बासु ढकाल र रोजिता शर्माले गजल तथा कबिताहरु प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सफल बनाउन नाफकाका प्रतिनिधिहरु,लगायत डा.जीत बराल, खेम बराल, चित्र श्रेष्ठ, श्याम महर्जन,रायन रेज,बबिन दहाल,सबल अधिकारी खुस्बु अधिकारी रोज श्रेष्ठ संजय देव ,हरिहर नेपाल लगायत थुप्रै स्वयम सेवकहरुको प्रमुख भूमिका रहेको थियो ।कार्यक्रममा सेक्रामेन्टो लगायत बे एरियाका नेपाली समुदायका प्रतिनिधिका साथै अन्य थुप्रै स्थानीय व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......