आरपी सुवेदी
१५ कात्तिक, नेपालगन्ज । बाँकेको खजुरा
क्षेत्रलाई खेलको उर्भर भूमिको रुपमा विकास गर्ने उद्देश्यले क्रियटिभ
हेण्डस्ले नेपाल भलिवल संघले उपलव्ध गराएको खेल सामग्री विभिन्न विद्यालय र
क्लबहरुलाई हस्तान्तरण गरेको छ ।
क्रियटिभ हेण्डसको आयोजनामा बाँकेको
सितापुरमा एक औपचारिक कार्यक्रम आयोजना गरी खजुरा क्षेत्रका १७ विद्यालय
तथा ३ खेलकुद क्लवहरुलाई खेलकुद सामाग्री वितरण गरिएको हो । खजुरा
क्षेत्रका विद्यालय, खेलकुद क्लवहरुलाई भलिवल, फुटवल, नेट र पम्प गरी एकलाख
बढिकोसामाग्री हस्तान्त्रण गरिएको हो ।
नेपाल भलिबल संघबाट प्रप्त र स्थानीय
एभरेष्ट बुक एण्ड स्टेनर्शको तर्फबाट प्राप्त भलिवल ३९ थान, फुटबल ७ थान र
जाली ८ थान सो क्षेत्रका ३ क्लव र १६ विद्यालयलाई वितरण गरिएको थियो । सो
सामाग्री समिट गु्रप, शाही ट्राभल्स लगायतको संस्थाहरुको सहयोग समेत रहेको
जनाइएको छ ।
