१ कात्तिक, नयाँ दिल्ली । भर्खर-भर्खर
हिलजुत्ता लगाउन थालेका नेपाली महिलाहरु लड्नुलाई त त्यति अनौठो मान्न
नसकिएला । तर बिकशित मुलुक अष्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलाई
गिलार्ड नै सार्वजनिक कार्यक्रममा हिल जुत्ताका कारण लडिन भने के भन्ने ?
आखिर भयो त्यस्तै नै । तीन दिने भारत
भ्रमणमा रहेकी अष्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड हिल जुत्ताका
कारण भुईंमा लडेकी छिन् ।
महात्मा गान्धीको समाधिस्थलबाट र्फकंदै
गर्दा बुधबार उनी हिड्दा हिड्दै लडेकी थिइन् । सहयोगीसँगै हिडिरहेको
अबस्थामा लडेपछि उनलाई तत्कालै उठाइएको थियो । हिल जुत्ता अल्झिएपछि उनी
कुइनो र छातीले भुईंमा टेक्न पुगेकी थिइन् ।
‘म ठिक छु’- सहयोगीले उठाएपछि
प्रधानमन्त्री गिलार्डले भनिन- यो महिलाहरुको पेशागत अप्ठेरो हो ।’ पुरुषले
चौडा आकारका जुत्ता लगाएपनि महिलाले हिल जुत्ता लगाउनु बाध्यता भएको
गिलार्ड प्रष्टीकरण दिइन् । हिल जुत्ता घाँसमा अल्झिएका कारण यस्तो भएको
उनको दावी थियो । पुरुषलेजस्तै चौडा जुत्ता लगाउने सुझावलाई भने गिलार्डले
अस्वीकार गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
हिलजुत्तामा लडेको गिलार्डको यो पहिलो
घटना भने हैन् । बेलायती संचारमाध्यम डेली मेलका अनुसार गिलार्ड यसअघि पनि
दुईपटक हिलजुत्तामा लडिसकेकी छिन् ।
तर
उनले पुरुषले जस्तो चौडा जुत्ता लगाउन भने मानेकी छैनन् । स्कर्टसँगै बुट
जुत्ता लगाएको भन्दै अष्ट्रेलियाली फेसन समालोचकबाट आलोचना होला भन्ने डरले
उनले दुःख पाएरै भएपनि हिलजुत्ता लगाएको संचारमाध्यमले जनाएका छन्
। (एजेन्सीको सहयोगमा)
हेर्नुहोस् भिडियो




