काठमाडौं, असोज २८ महेन्द्रनगर – दशैको पूर्व सन्ध्यामा एकै घरका जवान
दाजुभाईका सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्ग
अन्तर्गत कञ्चनपुरको कृष्णपुर ५ वनदेवी जंगलमा शनिबार राती मोटरसाईकल
दुर्घटना परी दुई भाईको मृत्यु भएको हो । दुर्घटनामा कृष्णपुर ६ पवित्रा
वस्तीका २५ वर्षीय विष्णु जोशी र २० वर्षीय भोजराज जोशीको मृत्यु भएको हो ।
से
२ प ४३०५ नम्बरको मोटरसाईकलमा
कृष्णपुरबाट महेन्दनगरतर्फ आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ
। दुर्घटना राती भएकाले कारण खुल्न सकेको छैन । घटनास्थलका प्रकृति हेर्दा
प्रहरीले तिव्र गतिकै कारण दुर्घटना भएको हुनसक्ने अनमान प्रहरीको छ ।
दुर्घटनामा मृत्यु हुनेको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी
पठाईएको छ ।
