१३
भदौ, काठमाडौ । नेपाल टेलिकमले धरौटी वापत आफ्नो इतिहासमै सबैभन्दा बढी
रकम सित्तैमा पाएको छ । टेलिकमले चीनियाँ कम्पनी जेडटिईले विडवन्ड वापत
राखेको झण्डै ४२ करोड रूपैँया टेलिकमले जफत गरेको हो । जफत गरिएको ४६ लाख
डलर टेलिकमको खातामा आईसकेको टेलिकमका एक अधिकारीले बताएका छन्।टेलिकमले विस्तार गर्न लागेको एक करोड
मोवाइल सेवाका लागि जेडटिईले ५२ लाख आपूर्ति गर्नेगरी ठेक्का लिएपनि
सम्झौता अनुसार काम गर्।न नसकेपछी टेलिकमले विडवन्ड वापतको रकम जफत गर्न
बाध्य भएको हो । धरौटी जफत गर्ने निर्णयलाई सञ्चालक समितिले अनुमोदन गरेपछि
टेलिकम व्यवस्थापनले जेडटिईले स्ट्यान्डर्ड चार्टर्ड बैकमा राखेको ४६लाख अमेरिकी डलर सम्झौता अनुसार पत्राचार गरी शुक्रवार जफत गरेको हो ।धरौटी जफत गरेपछी टेलिकम सञ्चालक समितिलेटेन्डरमा तेस्रो भएको कम्पनी इरिक्सनलाई पत्र लेख्ने निर्णय समेत गरेको छ ।एक करोड लाइन मोवाइल उपकरणमाइरिक्सन
तेस्रो भएको थियो । हुवावेले स्वीकारेको मुल्यमा सामान दिन तयार भए
नियमअनुसार इरिक्सनसँगै किन्ने निर्णय टेलिकमले गरेको छ ।
गत वर्ष खोलिएको एक करोड जिएसएम मोवाइलको
टेन्डरमा टेलिकमले अनुमान गरेको रकमको साढे दुई प्रतिशत धरौटी राखेर मात्र
फर्म बुझाउन पाउने सर्त रहेको थियो । त्यही साढे दुई प्रतिशत रकमले हुन
आउने ४६ लाख डलर रकम जेडटिईले धरौटी राखेर टेन्डरमा सहभागी भएको थियो ।
तर अर्को चिँनिया कम्पनी हुवावेले भने ४८
लाख मोवाइल उपकरणको ठेक्का पाएर काम शुरु गरिसकेको छ । जेडटिईले नियतवश
ढिला गरेर टेलिकमलाई अघि बढ्न रोक्ने नियत देखिएकाले धरौटी जफत गरिएको
टेलिकमले जनाएको छ । प्रतिस्पर्धा कम्पनीसँग सम्झौता गरेर धमाधम उपकरण दिन
थाल्ने तर टेलिकमलाई भने झुलाएर कामै अघ बढ्न नदिने नियत देखिएपछि अप्रिय
निर्णय गर्न बाध्य भएको टेलिकमले दावी गरेको छ ।
