५
कात्तिक, दमक । तेस्रो मुलुकमा भुटानी शरणार्थी पुर्नवास हुने क्रम बढेपछि
भुटानी शरणार्थी शिविरमा भने रेमिट्यान्स कारोबार बढेको छ । अघिल्ला
वर्षभन्दा यो वर्षको दसैँ आसपासमा आर्थिक कारोबार बढेको हो ।दमकको बेलडाँगी क्षेत्रमा अहिले दैनिक रु ६० लाख बढीको कारोबार भइरहेको अनुमान छ । विप्रेषणको क्षेत्रमा सङ्गठित साइबर नेटफोन तथा मनी ट्रान्सफर व्यवसायी सङ्घले बेलडाँगीमा अघिल्ला वर्षभन्दा यो वर्ष विप्रेषणमा वृद्धि भएको जनाएको छ ।
सङ्घका महासचिव शम्भु भण्डारीले दमक-३ र ५ मा अवस्थित बेलडाँगी क्षेत्रमा विप्रेषण बढेको बताए । ‘अधिकांँश पश्चिममा मुलुकबाट शिविरमा पैसा भित्रिएको छ’ भण्डारीले भने ।
अहिले सो सङ्घमा आबद्ध भएर काम गर्ने नगर्ने विप्रेषणको सङ्ख्या ३४ पुगेको छ । शिविरमा दसँैको बेलामा मात्र १५ करोड बढी रकम भित्रिने अनुमान व्यवसायीको छ । रासस
