बसबाट खसेर एकको मृत्यु

निमुसंगम घर्ती
१६ कात्तिक, दाङ । बसको ढोकाबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ । घोराही मुर्कुटी सडक खण्डको कटुवाखोला नजिकै गुडिरहेको ना ३ ख ९०४५ नम्बरको बसको ढोकाबाट खसेर लोहारपानी-३ मसुरीका ६२ बर्षीय गुरुबहादुर रावतको विहीवार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढोकावाट खसेर घाइते भएका रावतको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको हो । बस र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......