नायिका मलिना जोशी अव पूर्व मिस नेपाल मात्र रहिनन् । नायिका जोशीले
नवराज आचार्यले निर्देशन गरिरहेको चलचित्र ‘कलिउड’ को शिर्ष गीतमा नृत्य
गरेकी हुन् ।रिनाशा
राइले कोरीयोग्राफी गरेको ‘नशा हो यो कलिउड’ बोलको गीतमा मलिनाको हट नृत्य
हेर्न सकिन्छ । चलचित्रको मुख्य भुमिकामा आर्यन सिग्देल र पि्रयंका कार्की
छन् । पुर्व मिस नेपाल जोशीले आफुले शिर्ष गीतमा नृत्य गरेको भन्दै काम
गर्दा खुबै रमाइलो भएको बताइन् ।मलिनाले अनलाइनखबरलाइ भनिन्, ‘यो नृत्यलाइ आइटम गीतको रुपमा नवुझ्न
आग्रह गर्दछु ।
‘चलचित्र भित्र एक भव्य कार्यक्रमको आयोजना गरिरहदा
अतिथीको रुपमा आएकी मलिनाले नृत्य गरेको देख्न सकिन्छ । काठमाण्डौको
सोल्टी क्राउन प्लाजामा छायांकन गरिएको यो गीतमा मलिनाका साथमा सहाना
बज्रचार्य, सुनिल थापा, सुशिल क्षेत्री, जितु नेपाललाइ पनि देख्न सकिन्छ ।

