नेताका घरमा भेटिइन मृत युवती

lass
पहिले नेपाली काग्रेसका सकृय कार्यकर्ता पछि शाही शासनकावेला मन्त्री वनेका विराटनगरका धनाढय वद्रि वस्नेतका छोरा किरणसिंह वस्नेतको घरमा २२ असोजमा मृत फेला परेकी २७ वर्षे उर्मिला राजवंशीको मृत्यु रहस्यमय वनको छ । उर्मिलाको मृत्यू स्वभाविक नएर हत्या हो भन्ने प्रस्ट भएपनि अनुसन्धान गर्ने प्रहरीले सत्यतथ्य वाहिर नल्याएको बुधबार प्रकाशित  जनआस्था साप्ताहिकले छापेको छ ।२१ असोजमा जितियापर्वको व्र तवस्नेत दिन दिउँसो घरवाट हिँडेकी उर्मिलाको मृत्यू किन वनिरहेको छ झन झन रहस्यम ? विराटनरेहरुले अनेक तर्क गर्न थालेका छन । कसैले प्र हरीका अनुसन्धान अधिकृतहरु कतै पहुँच र पैसामा प्रभावित त भैरहेका छै नन भन्ने पनि चर्चा चलेको छ भने सर्वसाधारण रहस्यमय वनेको मृत्यू रहस्य जान्न उत्सुक वनेका छन ।
उर्मिला मृत्यू प्रकरणले विराटनगर धपक्कै वले को छ । विराटनर ४ दुधफार्म पुर्व वस्ने मध्यम वर्गीय घरानाका सदस्य किरणसिँह वस्नेत मारवाडी उधोगी व्यापारिका दाहिने हात पनि हुन । उनी विराटनगर जनआन्दोलन चौकमा रहेको एक मात्र डिर्पाटमेन्टल स्टोर नेपाल वजारका अधयक्ष पनि हुन । मोरङको टंकीसिनवारीमा रहो हिमगिरी सोप उधोगका प्रवन्धक , वोहोरा र एसियन थाईफुडग्रुपका सहयोगी किरणसिँह कानुनी मध्यस्ता गराउन सिपालु व्यापारि पनि हुन ।जितियको दिन माईतजान घरवाट हिडेकी उर्मिला घरवाट हराएको १६ घण्टापछि रहस्यम अवस् उर्मिलाको मृत्यूवारे अनेक चर्चा चलेका छन । विराटनगर मा उर्मिलाको मृत्यूवारे अनेक चर्चा छ। हत्यारालाई कार्वाही गर्न माग गदैर् दिनहुँ प्रर्दशन भैरहेका छन । तर राज्य सरकारको अपराध अनुसन्धान गर्ने निकाय नेपाल प्रहरीले भिसेरा परिक्षण नभै मृत्यूको रहस्य नखुल्ने भएको ले अव रहस्य भिसेरा परिक्षण प्रतिवेदन (रिर्पोट) मा अडकिएको छ । चारदिनभित्र रिर्पोट आउने भनिएपनि अझै ५ दिन लाग्ने भएकोले उर्मिला मृत्यू प्रकरण झन रहस्यम वनेको छ ।पिडित परिवारले झै पहिले वलात्कार पछि हत्या भएको पनि हुनसक्छ भन्ने मोरङ प्रहरी अव घटनाको कारण विष सेवन पनि हुनसक्ने शंका गर्न थालेको छ। भिषेरा प्रतिवेदन पछि यसो भनियो भने कुनै गतल नहोला । तर उर्मिलाले विष सेवन गरिन भन्ने कुनै यकिन तथ्य भने पाईएको छैन । उर्मिलाका आफन्तहरुले व्यपारि किरणसिँह वस्नेत नै हत्यारा हो भन्दै किटानी जाहेरी दिएका छन । यसैले वस्नेतलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएर पहिले ७ दिनको र सोमवार १ दिनेको म्याद थप गराएको छ। मंगलवार देखी दशैविदा भएकोले उर्मिलाको मृत्यूको रहस्य खुल्न दशै पछि कुर्नुपर्ने पनि हुनसक्छ ।विराटनगर ४ ग्रोग्राहा चौककी ७ वर्षीय छोरीकी आमा २७ वर्षीया उर्मिला व्यपारि किरणसिँह वस्नेत म्यानेजर रहेको हिमगिरी शोपकी कामदार हुन । तर उनी वस्नेतको आदेशमा तीन वर्षदेखी घरेलु कामदार भएर वस्नेतकै घरमा घरेलु श्रमिकका रुपमा काम गर्थिन । वस्नेतकी पत्नी र छोराछोरी विदेश गएकोले उनी घरमा केही दिनदेखी उनी एक्लै भएको वेला उर्मीला वस्ने तको घरमा आमाको कोठमा मृत फेला परेकी हुन ।आमाको कोठामा उर्मिलाको शव भेटिनु , जितिया पर्व मनाउन घर वाट लिएर गएको कोसेली (दही र केरा) किरणसिँहो कोठामा भेटिनु , र प्रहरी र छिमेकीलाई खवर नगरि साढुभाई र सालीलाई मात्र खवर गर्नु , उर्मिलाले घरवाट हिँडदा लगाएको साडी चोलो फुकालेरको अवस्था हुनु , पेन्टि वाथरुममा वरामद हुनु , मृत अवस्थामा पुरानो कुर्ता र पेटिकोट मात्रै लगाएको अवस्थमा शव भेटिनु , कागतीका टुक्राहरु घरमा फेलापर्नु , अस्पताल लाने प्रयत्न नगर्नु , आफन्त र छिमेकीलाई खवर नगर्नु आदि विभिन्न तथ्यले घटना रहस्यम वनेको छ । कोशी अञ्चल अस्पतालको शवपरिक्षण (पोष्टमार्टम) सार्वजनिक नगरिनु र थप यकिनकालागि काठमाण्डौको टिचिंङ अस्पताल भिषेरा परिक्षण गर्न पठाईनु अझै सम्म प्रतिवेदन सार्वजनिक नगरि नुले उर्मिला मृत्यू प्रकरण झन रहस्मय भएको छ ।‘ उर्मिलाको मृत्यू सुनियोजित पृष्टि भैसकेको छ सत्यलाई अनुसन्धान पर्दैन ,वरु सत्य लुकाउन घटना रहस्यम वनाउन थालेको पिडित पक्षको भनाई छ । अपराधकाृ प्रकृति सवै छर्लङ भएपनि रहस्मय वनाएर पिडितहरुको ध्यान मोडने प्रहरीले प्रपञ्च रचेको तर आफुहरु चुपलागे र नवस्ने महिला अधिकारकर्मी र जनजाती नेताहरुको दवावपुर्ण भनाई छ । अभियुक्त्त वस्नेतको तर्फवाट पनि प्रहरीलाई चर्को दवाव परेकोले प्रहरी वास्तविक तथ्यपृष्टि गर्न लामो समय लागाईरहेको वुझिएको छ ।उर्मिलाको मृत्यूको सत्य रहस्यमै भएको वेला उर्मिलाले विष से वन गर्दा भएको र अर्कोतिर उर्मिलाको मृत्यू वलात्कारकै क्रममा भएको हल्ला चलेको । एक पक्षले उर्मिलालाई जर्वदस्ति रक्सी ख्वाएर करणी गरेको र सोही क्रममा घाँटी थिचिदा उनको मृत्यू भएको हल्ला छ भने अकोर् तिर हैन उर्मिलाले आफनो घरको टेन्सनले गर्दा पहिले रक्सि अनि त्यसपछि विष सेवन गरेको हल्ला चलाईएको छ । मोरङ प्रहरीको हिरासतमा रहे का आरोपी किरणसिँह वस्नेतले पनि प्रहरीलाई यस्तै वयान दिएका छन । यद्यपी प्रहरीले मुद्दा सरकारी वकिल कार्यालयमा नवुझाएकोले वयान सार्वजनिक भएको छैन । त्यसो भए उर्मिलाले विष खाएकी हुन कि ख्वाईएको हो ? रहस्य झन गहिरो भएको छ । जितिया मनाउन माईत हिडे की एउटी महिलाले आफु व्रत वसेकै दिन विष सेवन गर्नुपर्ने कारण के परयो ? वाहिर विष सेवन गरेर वस्नेतको घरमा उर्मिला राती कसरी पुग्न सकिन । के लामो समय अर्को सन्तान नभएकै कारणले उर्मिलाले आफनो घरझगडाले गर्दा वस्नेतको घरमा आएर विष सेवन गरेकी हुन त ? वस्नेतले भनेका छन ।त्यो आईमाईको अर्को सन्तान नभएकोले घर झगडा हुने गरेको थियो , सायद मैले त्यसैको सजाय पाएँ  विष खाएर आई र मेरो घरमा मरि , म वेलुका जादा अचेत अवस्थामा उल्टि समेत गरेर लडेकी थिई , मैले आफनी साली र साढुभाईलाई वोलाएर नुवाउन र छाद सफा गर्न लगाएँ , उ मेरो घरमा मरी यहि मेरो दोष भयो यसमा म के गर्न सक्छु र ?, त्यसो भए उर्मिलाले सेवन गरेको विषको सिसी वा खोल खोई , के नामको विष थियो । वाहिरवाट विष सेवन गरेर वस्नेतको घरमा आउनुपर्ने कारण उर्मिलालाई के थियो ? उनी वाटैमा (झाडीमा किन मरिनन ? प्रश्नहरु वढेका छन । विष सेवन गरेको भए वस्नेतले उर्मिलालाई अस्पताल किन लगेनन । छिमेकी र आफन्तलाई किन खवर गरेरनन । त्यो दिन उर्मिलाका पतिले उर्मिला आएको नआएको वुझन उर्मिलाको मोवाईलमा फोन गर्दा पटक पटक फोन उठयो तर उत्तर केही आएन किन ? उर्मिलाको मो वाईलवाट घटना भएको राती अग्रेजीमा पति राजकुमारको मोवाईलमा कसरी एसएमएस गयो ,आदि धेरै प्रश्नहरु अपराध अनुसन्धानमा प्रहरीकालागि चुनौती वनेका छन ।वस्नेतले जे जस्तो वयान दिएपनि घटना भएको दिन २१ असोज आईतवार केही छिमेकीहरुले घटना भएको दिन वस्नेत निवासमा सानो तिनो कुनै भोजको आयोजना भएको र मानिशहरु मोटरमा आएको देखेको पनि वताएका छन । यदि यसो हो भने माईत जानलागेकी उर्मिलालाई खानपानको सेवाकालागि मानिश पठाएर वोलाईको हो । स्वयं वस्नेतले आफुले उर्मिलालाई काम गर्न वोलाउन पठाएको वताएका छन । घरमा काम गर्न आएकी उर्मिलाले के पहिले नै विष सेवन गरेर आएकी थिईन त ? विराटनगरवासीले चर्चा गर्ने गरेका छन । उर्मिलाको मृत्यू रहस्यम वनाएर लाखौ रुपैयाको चलखेल गर्न खोजीएको छ ।उर्मिलाको मृत्युमा अरु नामहरुपनि जोडिएर आउने शका वढेकोले किरणसिँहलाई हत्याको अरोपी वनाएर पछि पैसा र पहुँचको वलमा मामला रफादफा गर्ने योजना हो भन्ने पनि आमनागरिकको तर्क छ ।  हातमा पैसा वोकेर किरणसिँहलाई वचाउन लागिपरेको चर्चापनि चलेको छ । किरणसिँहको घरमा तीन चार वर्ष अधि एक जना भारतीयको मृत्यू भएको र त्यो घटनापनि गुपचुप दवाईएको चर्चा पनि छिमेकीहरु वीच चल्ने गरेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......