
काठमाडौ,
कार्तिक ४ – प्रधानमन्त्री बाबुराम भट्टराईले घूस मागेको अभियोग लागेका
श्रम तथा रोजगारमन्त्री कुमार बेलवासेलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव गंगा
श्रेष्ठका अनुसार भट्टराईले बेलवासेलाई टेलिफोन गरी राजीनामाको निर्देशन
दिएका हुन् । स्रोतका अनुसार शनिबार साँझ सम्म राजीनामा नदिए
प्रधानमन्त्रीले उनलाई वर्खास्त गर्ने सम्भावना छ । प्रधानमन्त्रीले मालेका
महासचिव सीपी मैनालीलाई पनि फोन गरेर मन्त्रीको ‘ घूस प्रकरण’ प्रति
असन्तुष्टि व्यक्त गर्दै फिर्ता बोलाउन आग्रह गरेका छन् ।
मन्त्री बेलवासेले म्यानपावर कम्पनी दर्ता
गरिदिने भन्दै घूस मागेको प्रकरण शुक्रबार सार्वजनिक भएको थियो ।
व्यवसायीको आवरणमा पुगेका ‘भ्रष्टाचारविरुद्धको अभियान नेपाल’ का
प्रतिनिधिसाग पार्टीका लागि भन्दै रकम मागेका हुन् । उनी नेकपा मालेका
पोलिटब्युरो सदस्य समेत हुन् ।
यसअघि, प्रधानमन्त्री भट्टराईले श्रममन्त्री सरीता गिरीलाई पनि भ्रष्टाचारको अभियोगमा वर्खास्त गरेका थिए ।
