१६ हजार नेपाली आवसीय भिसामा बेलायत गए

६ कात्तिक, सबै पूर्व गोर्खालीलाई स्थायी बसोबासका लागि आवसीय भिसा दिएपछि १६ हजार भूपू गोर्खा सैनिक बेलायत पुगेका छन् ।
झन्डै २२ हजार अवकाशप्राप्त भूतपूर्व सैनिकमा आधाभन्दा बढी आवासीय भिसामा बेलायत पुगेको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले जानकारी दिएको छ । यसमा अधिकांश पश्चिमाञ्चल क्षेत्रका रहेको खबर कान्तिपुर दैनिकले छापेको छ । यसरी जानेमा अधिकांश सन् १९९७ अघि र पछि सेवानिवृत भएका छन् ।
पूर्वी क्षेत्रको तुलनामा पश्चिमाञ्चलका अधिकांश वृद्धवृद्धा आकर्षक सेवा सुविधाका लागि आवासीय भिसामा बेलायत पुगेका हुन् । ‘पोखरा र आसपासबाट ९० प्रतिशत भूपू आवसीय भिसामा बेलायत पुगिसकेका छन्’, गेसोका अध्यक्ष पदमबहादुर गुरुङले भने ‘जानेमा अधिकांश वृद्धवृद्धा छन् ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......