राष्ट्रपति र पूर्वराजाले टीका लगाईदिए
८ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पशुपति बृद्धाश्रमका बृद्ध-बृद्धाहरुसँग दशैं मनाउनुभएको छ ।
बिहान
१० बजे आश्रम पुगेका प्रधानमन्त्रीले त्यहाँ रहेका बृद्ध-बृद्धाहरुलाई
लत्ताकपडा बितरण गर्दै उनीहरुबाट टीका ग्रहण गर्नुभएको थियो । दशैंका अबसर
पारेर प्रधानमन्त्री आश्रम आउँदा त्यहाँका बृद्धबृद्धा निकै खुसी देखिन्थे ।
अघिल्लो बर्ष पनि प्रधानमन्त्रीले बृद्धाश्रम पुगेर यसैगरि दशैं
मनाउनुभएको थियो ।त्यसपछि प्रधानमन्त्री कोटेश्वर पुगेर पिता भोजप्रसाद भट्टराईको हातको टीका ग्रहण गर्नुभएको थियो । यसैवीच राष्ट्रपति रामबरण यादवले भने बडा दशैंका अबसरमा सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ । शितल निवासमा आयोजित औपचारिक कार्यक्रममा उहाँले सर्वसाधारण तथा सरकारी अधिकारीलाई टीका लगाइदिनुभएको हो । यसैगरि पूर्वराजा ज्ञानेन्द्रले पनि अपरान्ह ३ बजेदेखि सर्वसाधारणलाई तथा शुभचिन्तकहरुलाई टीका लगाइदिनुभएको थियो ।

