काठमाडौ,
कात्तिक १५ – चाडपर्व र विवाहको सिजनमा माग बढी भएपछि बजारमा सुनको अभाव
बढ्दै गएको छ । माग अनुसार आपूर्ति नभएपछि बजारमा सुनको कालो बजारी हुने
सम्भावना बढेको ब्यापारीहरुले बताएका छन् ।
अहिले दैनिक ३० किलो भन्दा बढी सुनको माग
छ । तर राष्ट्र बैंकले १५ किलो मात्र सुन दिने गरेकाले बजारमा अभाव
देखिएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
माग अनुसार आपुर्ति नभएपछि सुनको भाउ पनि
केही बढेको छ । बुधबार सुन तोलामा ५९ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको
संघले जनाएको छ । यो मंगलबार भन्दा २ सय ९८ रुपैँयाले बढी हो ।
चाँदीको भाउ भने स्थिर छ । चाँदी बुधबार पनि तोलाको ११ सय ४० रुपैँयामा किनबेच भईरहेको छ ।

