कुनैपनि
पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ, यो कुरा अध्ययनले नै पुष्टि
गरेको कुरा हो । त्यसोभए खास किन होला, जसका कारण पुरुषहरु महिलाको स्तनमा
बढि आकषिर्त हुन्छन् ? शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा
सांस्कृतिक कारण त छन् नै तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने
हर्मोन नै हो ।
ल्यारी यंग तथा ब्रायन एलेक्जेन्डरले आफ्नो पुस्तक ‘केमेस्ट्री बिटविन अस : लभ, सेक्स एण्ड साइन्स अफ अट्रेक्सनमा‘ जनाएअनुसार स्याहारसुसारका बेला महिलाको सरीरबाट निस्कने हर्मोन स्तनप्रतिको आकर्षाका लागि जिम्मेवार छ ।
बच्चाको स्याहार सुसारका बेला निस्कने
यहीँ हर्मोनका कारण आमा र बच्चाबीच आत्मीयता बढ्छ र बच्चाले स्तनपानका लागि
आमाको छाति खोतल्छ । त्यस्तै प्रेमी र प्रेमिका नजिक बस्दा समेत यहीँ
हर्मोनका कारण आत्मीयपन बढ्छ र प्रेमी प्रेमिकाका वक्षस्थल तर्फआकषिर्त
बन्छ ।
लेखकहरुका अनुसार यो पृथ्वीमा रहेका सबै
स्तनधारी प्राणीका भाले जाति पोथीसँगको मिलनका दौरान उनको स्तनप्रति
आकषिर्त हुन्छन् । स्तनप्रतिको आकर्षा पारम्परिक नभएर प्राकृतिक वा जैविक
रहेको उनीहरुको ठम्याइ छ ।
स्तनका अगाडि नतमस्तक हुने कुरा बच्चाले खेलमैदानमा वा किताबमा सिकेको हुँदैन यो त उसलाई जैविक रुपमै प्राप्त भएको गुण हो ।
