२५ असोज, काठमाडौं । आयोजक लन्डन स्नुकर
हाउसका प्रवीण शाक्य राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलाई हराउदै
प्रथम लन्डन खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
बेस्ट अफ इलाभेनको प्रतिस्पर्धात्मक
सेमिफाइनलमा प्रवीणले सरोजमाथि ६-५ को रोमाञ्चक जित दर्ता गरे । लगातार
तेश्रो फ्रेमको नतिजा आफ्नो पक्षमा पारेका प्रवीणले पहिलोमा ७०-३५,
दोश्रोमा १०८-२७ र तेश्रोमा ७९-५१ को प्रदर्शन गरे । चोथो फ्रेममा सरोजले
८४-१२ ले जिते । पाँचौंमा प्रवीण ६१-५२ ले अगाडि रहे । त्यसपछिको लगातार
चार फ्रेम क्रमशः ९७-३८, ९४-२५, ७५-६७ र ७४-१४ ले जित्दै सरोजले समग्रमा
५-४ अग्रता बनाए । १० औं फ्रेममा ६०-३३ स्कोर गर्दै प्रवीणले खेललाई ५-५ को
बराबरी ल्याए । ११ औं एवं निर्णायक फ्रेममा ६१-४८ ले बाजी मार्दै राजनले
खेल समग्रमा ६-५ ले जितेका थिए ।
शनिबार हुने फाइनलमा प्रवीणले राजन लामाको
सामना गर्नेछन् । अर्को सेमिफाइनलमा राजनले टासी वाङ्चुकलाई ६-० को
फ्रेममा पाखा लगाएका थिए । राजनले ६९-६०, ९१-१३, १११-१९, ६१-३४, ६६-६० र
५४-४५ को प्रदर्शन गरे ।
नेपाली स्नुकर इतिहासकै सर्वाधिक पुरस्कार
राशीको यो प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार तथा तेश्रो
हुने दुईले १५/१५ हजार नगद पुरस्कार हात पार्नेछन् ।
त्यस्तै प्रतियोगिताकै सर्वाधिक
ब्रेककर्तालाई १५ हजार नगद प्रदान गरिनेछ । चालू प्रतियोगितामा अहिलेसम्म
७२ अंकको उच्चब्रेक राजनको लामाको नाममा छ ।
