मकवानपुर
कात्तिक १०, मकवानपुरको मनहरी ५ प्रतापपुरमा बाघको आक्रमणबाट एक जनाको
ज्यान गएको छ । घर भित्रै रहेका स्थानीय शुकवहादुर राईलाई बाघले आक्रमण
गरेको थियो ।बाघको आक्रमणबाट राईको घटनास्थलमै ज्यान गएको मनहरी प्रहरीले
जनाएको छ । अहिले बाघ घर भित्रै रहेकाले स्थानीयावासी त्रसित भएका छन् ।यस
अघि बुधवारराती सोही गाँउमा पसेको बाघले ५ वटा घरापालुवा जनावरमाथी आक्रमण
गरेको थियो । सो गाँउमा बाघ पटक पटक प्रवेश गर्दा स्थानियवासी त्रासमा जीवन
विताउन वाध्य छन् ।

