पोर्न साइट हेर्ने किशोरहरुमा यौन विकृति
बढ्ने गरेको छ । आजकलका बालक र किशोरहरुले पोर्न साइट हेर्नु सामान्य विषय
बनेको छ । उक्त साइट हेरेका उनीहरुले यौनजन्य अपराध गर्न सक्ने खतरा बढेको
हो ।
किशोरले
पोर्न साइड हेर्ने यस्तो समस्या भएको छ कि, बढ्दै गरेका बच्चाका बाबु
आमाको टाउको दुखाईएको विषय बनेको छ । उनीहरुलाई बच्चालाई कसरी, कहाँ र
कहिलेसम्म यस्ता तस्वीर र दृश्य हेर्न रोक लगाउने भन्ने पिरलो छ । किनकी
आजभोलीका बच्चाहरुसँग इटरेनट कनेक्सन सहितको कम्प्युटर छ, स्मार्टफोन छ ।
त्यसैले उनीहरुले लुकीछिपी यस्ता साइट हेर्ने गरेका छन् । अहिलेसम्म कति
बालबालिका इन्टरनेटको पहुचमा रहेर पोर्न फिल्म हेर्छन भन्ने यकिन तथ्यांक
भने कतै सार्वजनिक गरिएको छैन् ।
सन् २०११ मा युरोपमा गरिएको एक
सर्वेक्षणका अनुसार १६ बर्षको उमेरका एक तिहाइ बालबालिकाले पोर्न तस्वीर
हेर्ने गरेका थिए । जसमध्ये ११ प्रतिशत यस्ता थिएकी उनीहरुले इन्टरनेटबाटै
यस्ता तस्वीर र भिडियोहरु डाउनलोड गरेका थिए । यू गाँवले गरेको सर्वेक्षणका
अनुसार १६-१८ सालका किशोरहरु मध्ये एक तिहाइले पोर्न फिल्महरुले हेर्ने र
ति भिडियो आफ्नो मोवाइलमा राख्ने गरेको पाइएको थियो ।
बि्रटेनको एक ‘नेशनल एशोसिएसन अफ हेड
टीचर्स’ देशमा पाठ्यक्रमभित्र पार्नोगाफि पाठ्यक्रक राख्ने विषयमा बहस
गर्नुपर्ने निष्कर्ष निकालेको छ । उनीहरुले १० बर्षको उमेरमै सेक्सका
बारेमा सकारात्मक र नकारात्मक असरका बारेमा जानकारी दिईसक्नुपर्ने सुझाव
दिएको छ ।

