बैबाहिक बन्धनमा बाँधिए सैफ र करीना(फोटो फिचरसहित)

हिन्दी फिल्मका चर्चित जोडी करीना कपुर र सैफ अली खान मंगलबार बैबाहिक बन्धनमा बाँधिएका छन् । मुस्लिम परम्परा अनुसार निकाह गरेसँगै मुम्बइको उपनगर बान्द्रास्थित म्यारिज रजिस्टारको उपस्थितिमा सैफको घरमा यी दुइबीच कोर्ट म्यारिज भएको हो ।

साँझ ताज होटलमा रिसेप्सन पार्टी भइरहेको छ भने १८ अक्टोबरमा दिल्लीमा पनि अर्को रिसेप्सन पार्टी राखिएको छ । जहाँ बलिउडका हस्तीहरुका साथै राजनीतिज्ञहरु पनि उपस्थित हुने बताइएको छ । ४२ वर्षीय सैफ र ३२ वर्षीया करीना ४ वर्षदेखि प्रेम सम्वन्धमा थिए ।
बलिउडमा यो जोडीलाई हलिउडका ब्राड पिट र एन्जेलिना जोली जस्तै मानिन्छ । सैफको यो दोस्रो विवाह हो । उनको पहिलो विवाह अभिनेत्री अमृता सिंहसँग भएको थियो । पहिलो विवाहबाट सैफको इब्राहिम र सारा गरी दुई सन्तान छन् ।

सैफ र करीनाले बिहेको पूर्वसन्ध्यामा सोमबार मुम्बइको होटल ताजमा बलिउडका आत्मीय मित्र तथा नातेदारका लागि विशेष डिनरको आयोजना गरेका थिए । त्यसअघि आइतबार सांगितिक कार्यक्रम गरिएको थियो । जहाँ करीनाकी दिदी करिश्माले पनि प्रस्तुती दिएकी थिइन् भने सैफकी सानी बहिनी सोहा पनि प्रेमीसँगै उपस्थित थिइन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......