एसीसी ट्वान्टी-ट्वान्टी महिला क्रिकेटमा आज दुई खेल


११ कात्तिक, काठमाण्डौं । चीनको गोन्झाओमा जारी एसीसी ट्वान्टी-ट्वान्टी एसिया कप महिला क्रिकेट प्रतियोगीतामा आज पनि दुई वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेल समुह बीबाट चीन र श्रीलंकावीच गोन्झाओमा हुँदैछ । गएराती परेको पानीका कारण पिचमा समस्या देखिएपछि केही समयका लागि खेल स्थगित गरिएको छ । आजको दोस्रो खेल समुह ए बाट हंगकंग र पाकिस्तानवीच नेपाली समय अनुसार विहान ११:४५ मा हुनेछ ।
समुह ए मा भारत ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पाकिस्तान २ अंकको साथ दोस्रो स्थानमा रहेको छ । यसैगरी समुह बीमा बंगलादेश ४ अंकका साथ समुहको शीर्ष स्थानमा रहेको छ भने श्रीलंका दुई अंकको साथ दोस्रो स्थानमा रहेको छ । गु्रप वी वाट खेलेको नेपालले हिजो बंगलादेशसँग बेहोरेको हारसँगै समुहको अन्तिम स्थानमा रहेको छ ।
गोन्झाओ अन्तराष्ट्रिय क्रिकेट मैदानमा हिजो भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्रै जोड्न सकेको थियो । ४६ रनको लक्ष्यका साथ मैदानमा उत्रेको बंगलाशदेशले १० दशमलब ३ ओभरमा १ विकेट गुमाउदै लक्ष्य हासिल गर्‍यो ।
यस्तै हिजोको दोश्रो खेलमा भारतले हङ्कङलाई एक सय ४२ रनले पराजित गरेको छ । भारतले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको हङ्कङ १६ दशमलब ४ ओभरमा खेल्दै २४ रन समेटिएको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......