पछिल्लो
समयमा मानिसहरू जति खुला बन्दै गएका छन्, यौन पनि त्यति नै सार्वजनिक हुन
थालेको छ। लाग्छ, अब यौन लाजको कुरा रहेन। उदार व्यवस्था भएका पश्चिमा
मुलुकहरू यसमा सबैभन्दा अगाडि छन्। केही पश्चिमा मुलुकमा पनि यौन
स्वतन्त्रताको नाममा एउटा कुसंस्कारको विकास भैरहेको छ, अर्थात्
कोठाभित्रभन्दा पनि हजारौं मान्छेको आवजावत भैरहने बीच सडकमा, त्यो पनि
चलिरहेको सवारी साधनभित्र यौनसम्पर्क !
यौन उत्तेजना थेक्न नसक्ने यस्ता
जोडीहरूले सडकमा चलिरहेको सवारीभित्रै यौन सम्पर्क गरेर समस्या मात्र
निम्त्याएका छैनन्, सवारी दुर्घटना पनि ह्वात्तै बढेको छ। केही हप्ताअघि
मात्र अस्ट्रेलियाको सिड्नीमा कारभित्रै यौनसम्पर्क गर्दा दुर्घटना भयो।
सुन्दा अनौठो लाग्ने उक्त घटनामा सवारी साधनमा यौन सम्पर्क गरिरहेका जोडीको
मात्र होइन, अर्को गाडीमा रहेको दुई यात्रुको पनि मृत्यु भएको थियो।
एजेन्सीको सहयोगमा
