निमकान्त पाण्डे
अबुधावी । नेपाली जनप्रगतिशील मञ्च युएईको
दोस्रो अधिवेशनवाट मञ्चको अध्यक्षमा हेमन्त पौडेल निर्वाचित भएका छन् ।
युएईको बरदुबईको ईम्पेरियलसुईट होटलमा एकीकृत माओवादीका नेता कृष्ण वहादुर
महराको प्रमुख आतिथ्यतामा शुक्रवार भएको अधिवेशनले पौडेलको अध्यक्षतामा २१
सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनवाट मञ्चको कार्यसमितिको चार
हेमन्त पौड्याल, सुर्य कान्त सेढाई, राम शरण अधिकारी र कृश्ण भाट,
महासचिवमा वावुराम विश्वकर्मा, सचिवमा गोविन्द बीसी, कोषाध्यक्षमा शुरेस
ढकाल र केन्द्रीय प्रवक्तामा रविरमण शर्मा अधिकारी रहनु भएको छ । यसैगरी
केन्द्रीय सदस्यहरुमा खडग गैरे, पुष्पा खत्री, वविता सिवा, बल बहदुर बिक,
गोपाल ढकाल, कृष्ण आचार्य, दिल चन्द पुन, सुर्यमणि ज्ञवाली, प्रकाश
रायमाझी, जनक श्रेष्ठ, अनिल माझि, विक्रम लामा र सोम बहादुर सुनार रहनु
भएको छ । यसैगरी मञ्चको सल्लाहकारमा उत्तम अधिकारी, दुर्गा दत्त पोख्रेल,
कुल बहादुर आचार्य, शम्भु कुमार वाईवा, मधुकर बेल्बासे, भिम पौडेल र नारायण
लोहनी रहनु भएको छ ।

अदिबेशनले सल्लाहाकार, बुद्धिजीबी, महिला
बिभाग तथा खेलखुद बिभाग गठन गरेको छ । कार्यक्रममा नेपालीहरुको उल्लेख्य
सहभागिता रहेको थियो । अधिबेशनबाट निर्वाचित पदधिकारीहरुलाई गैर आवासीय
नेपाली संघ मध्य पुर्बी सहसंयोजक लोकनाथ सुवेदी, नेपाली समाज युएइका
अध्यक्ष कृष्ण ढकाल, गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष चन्द्र रोक्का
नेपाली जनसम्पर्क समिति युएई अध्यक्ष चिबबहादुर केसी, नेपाली जनप्रगतिशील
मञ्च कतारका अध्यक्ष रमेश भट्ट जनजाति नेता भुवन राई, हरि मगर, नेपाल
पत्रकार महासंघ युएई अध्यक्ष अर्जुन दाहाल लगायतले शुभकामना तथा मन्तब्य
राख्नु भएको थियो । कार्यक्रम नेपाली जन प्रगतिशील मंच युएईका अध्यक्ष
श्याम परियारको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन रबिरमण
अधिकारीले गर्नु भएको थियो ।



