४ कात्तिक, काठमाडौं । इङ्ग्लिस प्रिमियर
लिग फुटबलमा माटाको उत्कृष्ट प्रदर्शनसँगै चेल्सीले टोटनहृयामलाई ४–२ गोल
अन्तरले पराजित गरेको छ । अपराजित चेल्सी ८ खेलबाट २२ अंकका साथ शीर्ष
स्थानमा छ ।
टोटनहृयामको घरेलु मैदानमा भएको खेलमा
चेल्सीले १७ औं मिनेटमा केहिलको गोलबाट अग्रता लियो । पहिलो हापमा
टोटनहृयामलाई दबाव राखेपनि थप गोल गर्न नसकेको चेल्सीले दोस्रो हापको
सुरुमा नै गोल खायो ।
टोटनहृयामका गालासले ४७ औं बराबरी गोल
फर्काए । त्यसपछि चेल्सीको पोष्टमा एकपछि अर्को आक्रमण गरेको टोटनहृयामले ५
मिनेटभित्रै दोस्रो गोल गर्यो । डिफोईले गोल गर्दै टोटनहृयामलाई २-२ को
अग्रता दिलाए ।
खेलको ६६ औं मिनेटमा चेल्सीका माटाले
बराबरी गोल फर्काए भने ३ मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गर्दै उनले फेरि
चेल्सीलाई अग्रता दिलाए । त्यसपछि फेरि खेलमा फर्किएको चेल्सीका लागि
अन्तिम मिनेटमा माटाको उत्कृष्ट पासमा स्टुर्डजले गोल गर्दै ४-२ को जित
दिलाए ।
गत सिजनमा खराब प्रदर्शन गरेपछि बर्खास्त
भएका आन्द्रे भिल्लास बोसले टोटनहृयाम सम्हालेपछि भएको पहिलो भेटमा रोवर्टो
डि माटाईले बाजी मारेका छन् । सन २००५ पछि चेल्सीले टोटनहृयामलाई पहिलो
पटक हराएको हो ।
