काठमाडौं,
कार्तिक ८ – चितवनको अयोध्यापुरीस्थित गणेशकुञ्जमा गरिबीका कारण एक
व्यक्तिले आत्महत्या गरेका छन् । दसैं मान्ने खर्च जुटाउन नसकेपछि स्थानीय
५० वर्षीय धनबहादुर परियारले आत्महत्या गरेका हुन् । खर्च नभएपछि अष्टमीका
दिन धनबहादुरले छिमेकीसँग केही दिनमा पैसा दिने भन्दै मासु माग्दा नदिएपछि
उनले आत्महत्या गरेका हुन् ।
परियारले मंगलबार आत्महत्या गरेको
प्रहरीले जनाएको छ । उनका १२ जना छोरा छोरी छन् । गणेशकुञ्जमा एक कठ्ठा
सार्वजनिक जग्गामा सानो झुप्रो बनाएर बसेका परियारले भान्सा कोठाको दलिनमा
झुण्डिएर आत्महत्या गरेका हुन् । चितवन प्रहरी प्रमुखरएस पी दीपककुमार
थापाले गरिबीका कारण परियारले आत्महत्या गरेको बताएका छन् ।
