शेर्पा ‘ए’ र मंगोलियन गल्र्सलाई उपाधि


४ कात्तिक, काठमाडौं । तेश्रो शेर्पा बास्केटबल प्रतियोगिताको पुरुषमा शेर्पा बास्केटबल टिम ‘ए’ र महिलामा मंगोलियन गल्र्सले शनिबार उपाधि जितेका छन् ।
शेर्पा युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुषमा शेर्पा बास्केटबल टिम ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ४६-३६ ले पराजित गर्‍यो । प्रतियोगितामा बलर्सका हिसी लामा सर्वाधिक स्कोरकर्ता बने भने उपाधि विजेता शेर्पा ‘ए’ टासी गुरुङ ‘मोस्ट भेलुएवल प्लेयर’ चुनिए । उपाधिसंगै शेर्पा ‘ए’ ले १५ हजार नगद पुरस्कार जित्यो ।
गोल्फुटारमा भएको महिलाको फाइनलमा मंगोलियन गल्र्सले आयोजक शेर्पा युवा क्लब ‘बी’ लाई १६-१२ ले पाखा लगायो । मंगोलियनलाई शेर्पा महिला संघका तर्फबाट संघकी अध्यक्ष निमी शेर्पाले प्रोत्साहन स्वरुप ५ हजार नगद पुरस्कार प्रदान गरिन् । महिलाको स्पर्धा पहिलो पटक राखिएको हो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......