रात्रि बस सञ्चालन गर्न अबरोध गरेको
भन्दै दुई यातायात व्यवसायीको विवादको कारण दशैंको मुखमा मेची राजमार्गमा
सार्वजनिक यातायात हिजोदेखी ठप्प बनेको छ । पाथिभरा यातायात व्यवसायी
संघलाई ताप्लेजुङ–काठमाडौं रात्रि बस सञ्चालन गर्न मेची यातायात व्यवसायीले
अबरोध गरेको भन्दै पाथिभरा यातायात व्यवसायी संघले आजदेखि अनिश्चितकालिन
यातायात बन्दको आह्वान गरेको हो ।
पाथिभरा यातायात व्यवसायीले
यातायात व्यवस्था कार्यालय ताप्लेजुङबाट काठमाडौंसम्मका लागि रात्रि बस
सञ्चालनको लागि स्वीकृति लिएपनि मेची यातायात संघ झापाले रुट पर्मिट बिनै
रात्रि बस सञ्चालन गरेपछि विवाद उत्पन्न भएको हो । नेपालीहरुको महान चाड
दशैं नजिकिदै जाँदा व्यवसायी विचको विवादले यात्रु भने मर्कामा परेकाछन् ।
