कविता:जीवनको छेऊबाट

 *****************
जीन्दगीको चुहीने छानोमा
कसरी बर्षन्छन् असिनाहरू
अनि बजाईको धुरीमा
कुन समयमा
कुन भाकामा
कुन लयमा
निस्कन्छन-
सारेगमका स्वरहरू
अप्रिय आलापहरू


विश्वासको शालिक भत्काएर
म आफ्नो जीन्दगीको
कुनै पाटो मर्मत गर्न सक्दिन
त्यसो पनि त गर्छन कतिले
धेरै-धेरै जीन्दगी उजाडेर
कुनै सुन्दर ऋतु भित्राऊ
र मंगलमय उत्सव मनाऊ
तर

मेरो जीन्दगीमा यस्तो सोच्नै सक्दिन
म क्षितीजको उत्तरार्धमा बसेर
नँया ऋतुको प्रतिक्षा गरूला
किनभने जीन्दगीको महत्व
थाहा छ नी मलाई पनि
र त कसैलाई रूवाएर पल भर
हाँस्न पनि सक्दिन म
कसैलाई मारेर निमेषभर
बाँच्न पनि सक्दिन मअनि दुखाएर कसैलाई
सुख भोग्न पनि सक्दिन म
हराउन सकेको पनि छैन
अहिले सम्म कसैलाई
हारेर बरू आईरहेछु हार्दै-हार्दै
कति महत्वपूर्ण छ जीन्दगी
यथेष्ट तर शून्य लाग्छ

फ्रेम टाँसिएको समवेदना
अनाम प्रेयसीको प्रेम तिर्खा
लोपन्मुख पानीको जरूवा
कही कतै भट्टाईएको पिरती
स्वीक्राय छैन अव मलाई
कुनै कल्पवृक्षको छहारी
कही पुग्ने हतारोमा रोजेको
दिशाहीन अबाटो
सधैसधैको लागी छाडी दिए मैले
थाहा भो अव त
जीन्दगीलाई डाको छाडेर
रून
हाँस्न
मास्न
नसकिने यो वैकल्पित शरिर
जीवित छ मसँग
वर्तमान तीतो समयको आगनमाशुन्यताको पलेटीमा
अनायसै सम्झे मैले गान्धारी
यो झुटैझुटको शहरमा
नियाले फेरी सती र सत्यवान
यो निख्रन्दै गरेको जीवन दहमा
लापर्वाही तैरेको डुङ्गाहरू
सुक्दै गरेको अंजुली पानीभित्र
मधुरो त्म्रो विगतका तस्वीर
अन्तिम पटक हेरे
अन्तिम छामे

अन्तिम पटक महसुस गरे
अव मैले
अध्यारो छामेर आजैबाट
उज्यालो रोजेर अहिलेबाट
जीउनु छ पूरा जीवन
त्प्रो फगत सम्झनामा
बाँच्नु छ आफ्नो पूरा जीवन


बिक्रम पालुंग्वा,झापा /हाल दोहा कतार

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......