आन्तवयरपेन । नेपाली जनप्रगतिशील मञ्च,
बेल्जियमको दशौं महाधिवेशनवाट अध्यक्षमा चित्र सुवेदी निर्वाचित हुनु भएको छ
। पहिचान सहितको संघियता,संघियता सहितको संबिधान ! जडसुत्रिय बिसर्जनबाद
बिरुद्ध हाम्रो अभियान ! प्रवाशी नेपालीहरुको हक र अधिकारका लागी दशौ
केन्द्रीय महाअधिवेशन भन्ने मुल नाराका साथ आइतवार एकीकृत माओवादीका
अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा वेल्जियममको
आन्तवयरपेन शहरमा भएको दशौ महिाधिवेशनवाट उपाध्यक्षत्रयमा लोक दाहाल, होम
गु्रुङ्ग र कमल भारति, महासचिवमा कृष्ण तिवारी, सचिवमा पवन सुवेदी,
कोषाध्यक्षमा कृष्ण पौडेल र सह कोषाध्यक्षमा भिम सुवेदी निर्वाचित हुनु
भएको छ ।
यसैगरी सदस्यहरुमा रमेश कार्की, देव राज
पौडेल, लक्ष्मण देवकोटा, सुदेश मणी पोखरेल, राज कुमारी पोखरेल, खेम
न्यौपाने, माया तामाङ्ग, राजा राम पोखरेल, कर्ण वि. क. , घनश्याम शर्मा,
रविन श्रेष्ठ, अर्जुन अधिकारी, संजय राज भण्डारी, पर्शु राम रेग्मी, साधना
वोहोरा, नरेन्द्र वस्नेत, टेक नारायण सापकोटा, दुर्गा सुवेदी, गण्ेाश
घिमिरे, सुमन निउरे, धरणीधर गौतम, हरि पाठक, कृष्ण सुनार, काजी नेपाली, भरत
पन्त, प्रशान्त श्रेष्ठ, विष्णु शेरचन र श्याम श्रेष्ठ रहेका छन् । एक
सदस्य भने पछि थप्ने गरी ३७ सदस्यीय नयाँ कार्यसमिति वनाइएको हो ।
महाधिबेसनमा सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा प्रगतिशील महिला
मञ्च बेल्जियमको संयोजक निर्मला बझगाँई, राप्रपा बेल्जियमको अध्यक्ष
सुरेन्द्र अमात्य, एनडिएफ बेल्जियमको अध्यक्ष इन्द्र वली, जन सम्पर्क
बेल्जियमका अध्यक्ष गंगाधर गौतम, आदिबासि जनजाति महासंघ बेल्जियमको अध्यक्ष
पिजि शेर्पा, एन आर एन बेल्जियमको कार्यबहाक अध्यक्ष बोधराज पौडेल,
बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपालका महामहिम राजदुत राम मणि
पोखरेल,संयुक्त नेपाली मोर्चा युरोपका का वा अध्यक्ष भोला खनाल, बिदेशी
पार्टीहरुको तर्फबाट वर्कर्स पार्टी बेल्जियमको लुडो किएर मेकर्स, पेरु
कम्युनिष्ट पार्टीको इन्टरनेशनल सेक्रेटरी अलबेर्टो , स्विडेन कम्युनिष्ट
पार्टीको इन्टरनेश नल सेक्रेटरी एरिक एनडर्सन, ग्रीस कम्युनिष्ट संगठन
समितिको प्रतिनिधि कोई टीसिपरास , राष्ट्रिय प्रजातान्त्रिक मञ्च
फिलिपिन्सको प्रतिनिधि लुईस जालनधोनी र रेड पार्टी नर्वेको प्रतिनिधि तथा
सोलिडारिटी कामिटिका संयोजक अर्निकजोट आस्क लगायतका बक्ताहरुले महाधिवेशनको
सफलता तथा एकीकृत माओवादीको अहिलेको कार्यदिशा शान्ति र संविधान निर्माणको
पक्षमा समर्थन र ऐक्यवद्धता जनाएका थिए ।
कार्यक्रममा युरोपका करिव डेढ दर्जन
नेपाली संगठनहरु- इन्सोफ स्वीस, जनजाति सरोकार मञ्च, स्वीस,
अन्तर्राष्ट्रियतावादी ऐक्यवद्धता मञ्च, जर्मनी, नेपाली जनप्रगतिशील मञ्च
नेदरल्याण्ड, स्पेन, डेनमार्क, पोर्चुगल, स्वीडेन, इटाली, फ्रान्स र नर्वे
लगायतका देशहरुबाट संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको
थियो ।कार्यक्रममा नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, तमु राष्टिय
मुक्ति मोर्चा, नेपाली जनजाति सरोकार मञ्च, मगर राष्टिय मुक्ति मोर्चा, तमु
समाज , विश्व मगर संघ,सिक्लेश पार्चे कल्याण कोष, नवलपरासी समाज, चितवन
सहायता कोष, इन्द्र धनुष कलब, युरो नेपाल कलाकार संघ, युरो नेपाल खेलकुद
संघ, ब्रसेल्स मिलन केन्द्र, नेपाली व्यवसायी संघ, वेल्जियमका अध्यक्षहरु
लगायत करिव २ दर्जन नेपाली संस्थाका प्रतिनिधिहरु, नेपाल टि भी , वेलायत ,
नेपाल पत्रकार महासंघ, युरोपका अध्यक्ष तथा अन्य पत्रकारहरुको उपस्थिति
रहेको थियो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम
प्रर्दशन गर्नेहरुमा वालकलाकार सन्ध्या सुवेदी, लेना वजगाई, एन्जिला
सुवेदी, सुरुची सुवेदी,तारा रिमाल, अपसरा रिमाल, स्वष्तिका न्यौपाने थिए
भने प्रशिक्षक र सहयोगीमा रमेश कार्की र निर्मला वजगाई रहेका थिए । मंचको
पहलो शत्र समापनपछि दोश्रो वन्द शत्रमा सुरेन्द्र भुसाल, जित बहादुर लामा,
दधि राज घिमिरे, डा.कृष्ण अर्याल र गंगा प्रसाद शर्मा रहेको ५ सदस्यीय
अध्यक्ष मण्डल तथा निर्वाचन समितिको निर्माण गरिएको थियो । कार्यक्रम
निर्वतमान अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको
संचालन केन्दि्रय समितिका सदस्य जित बहादुर लामाले गर्नु भएको थियो ।
