
कुखुराको
अण्डा, जसलाई मानिसले उमालेर, फ्राई गरेर आदि विभिन्न तरिकाले पकाएर खान
सक्छन्, अण्डा काँचैपनि खाने गरिन्छ । अण्डाले जिब्रोलाई स्वाद मिल्छ भने
पेटको भोग मेटाउने काम पनि गर्छ । तर, अब भने अण्डाको सेवनबाट मानिसको यौन
लगावको बारेमा पनि जानकारी दिने तथ्य बाहिर आएको छ ।
बेलायती अण्डा काउन्सिलको लागि गरिएको एक अध्ययनले यस्तो तथ्य निकालेको
हो । वैज्ञानिकहरुले एक हजार १० वयस्क व्यत्तिमा गरेको अध्ययन अनुसार
उमालेको अण्डा खानेहरु संगठित भएर बस्न खोज्ने किसिमका हुन्छन् । फ्राई
गरेको अण्डा रुचाउनेहरुमा यौन इच्छा तीब्र हुन्छ भने अमलेट रुचाउनेहरु
अनुशासित हुन्छन् ।डेलीमेलको समाचार अनुसार उमालेको अण्डा रुचाउनेहरुमा सम्बन्धविच्छेद लिने चाहना बढी हुन्छ । यसमा अण्डमा कसरी र कुन तरिकाले सेवन गरियो भन्ने कुरा प्रधान नहुने पनि जनाइएको छ ।
