दुर्घटनामा तीनको मृत्यु

गुलरिया, कार्तिक ७ - विपरीत दिशाबाट गुडेका दुई मोटरसाईकल सोरहवा गाविस-६ भोलागौडीमा सोमबार राति एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुलरिया नेपालगंज सडक खण्डको भोलागौरीमा दुर्घटनामा परि गम्भिर घाईते भएका बर्दिया सोरहवा-७ का अन्दाजी २० वर्षका विनय केसी, भैया चौधरी र नेपालगंज धम्बोजीका अन्दाजी ४० वर्षीय जय बहादुर जयहरी पराजुलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय,मैनापोखरका प्रहरी निरीक्षक विकास भण्डारीले जनाएका छन् । भे ३ प ११०८ र भे ३ प ५३७९ नम्बरको मोटरसाईकल आपसमा ठोकिदा दुर्घटना भएको हो । गम्भिर घाइते भएकालाई उपचार्थ नेपालगंज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जनाए । मोटरसाईकलमा सवार नेपालगंज धम्बोजीका सुदिव पराजुलीको उपचार भई रहेको प्रहरीले जनायो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......