बेलायतकी
चर्चित पप गायिका चेरिल कोलले हालै आफ्नो शरीरको यौन रोग सम्बन्धी जाँच
गराएकी छिन् । चेरिलका पति एशले कोलको खराब व्यबहारको बारेमा थाहा पाएपछि
उनले यौन रोग सम्बन्धी मेडिकल परिक्षण गराएकी हुन् ।
कन्ट्याक्ट म्यूजिकका अनुसार ‘गल्र्स
अलाउड’ नामक ब्याण्डकी पूर्व गायिका चेरिलले उनका पति इमान्दार रहेको
नपाएपछि उनी घबराईन् । उनले आफूमाथी कूनै यौन रोगको समस्या हुन सक्ने
आशंकागरी मेडिकल जाँच गराएकी हुन् । चेरिल आफूमाथी कुनै रोग भए-नभएको प्रति
ढुक्क हुन चाहन्थिन् ।
आफ्नो पुस्तक ‘चेरिलःमाई स्टोरी’
लेखिरहेकी उनले एशले कोलको खराब व्यबहारले आफूलाई लामो समय खतरामा पारेको
बताएकी छिन् । चेरिलले एशलेको व्यबहारले आफ्नो होस उडेको भन्दै आफू धेरै
दुःखी समेत भएको बताइन् । उनले आफू लामो समय बिरामी समेत भएको भन्दै आफूलाई
एकदमै नराम्रो लागेको प्रतिक्रिया दिएको जनाइएको छ ।
बेलायतका फुटवल खेलाडी एशले कोलको अन्य एक
महिलासँग पनि सम्बन्ध भएको थाहा पाएपछि चेरिलले सन् २०१० मा उनीसँग
सम्बन्धविच्छेद गरेकी थिएन् ।

