सेक्स पर्यटनमा बालबालिका

थाईल्याण्ड विश्वका पर्यटकहरुका लागि आकर्षकीय गन्तव्यस्थल हो । विश्वभरका मानिस थाईल्याण्डमा छुट्टी मनाउन जाने गर्छन् । तर, थाईल्याण्डका बालबालिका भने गरिबिका कारण यौन पर्यटनको शिकार बनिरहेको जनाइएको छ । थाईल्याण्डको राजधानी बैंककबाट २ घण्टाको दुरीमा रहेको रिसोर्ट इलाका जहाँ बढी पर्यटकहरु जाने गर्छन्, उक्त इलाकामा बालबालिकाहरु पैसाका लागि शरीर बेच्न बाद्य भईरहेका छन् ।त्यस इलाकाका सडकहरुमा बालबालिका भीक मागिरहेको देख्न सकिन्छ । थाइल्याण्डका ग्रामिण इलाकाका ती बालबालिकाहरुले त्यसरी घर खर्च समेत चलाउने गरेका छन् । तर, त्यसरी पैसा कमाउने ती बालबालिकाहरुमा त्यहाँ पुग्ने पर्यटकहरुको आँखा लाग्ने गरेको छ, जसले उनीहरुसँग शारीरिक सम्बन्ध कायम गर्नेछन् वा गर्न बाद्य पार्नछन् ।स्थानीय बालबालिकाले आफूहरुसँग ठूला–ठूला मानिसहरुले पनि आफ्नो उमेरको ख्याल नगरी आफूलाई जर्बजस्ती सेक्स गर्न बाद्य बनाएको प्रतिक्रिया दिने गरेका छन् । बालबालिकाको संरक्षण गर्ने संस्थाहरुका अनुसार हरेक वर्ष थाईल्याण्ड पुग्ने व्यक्तिहरु मध्ये अढाई लाख व्यक्तिको उद्देश्य त्यहाँका बालबालिकाहरुसँग शारीरिक सम्बन्ध कायम गर्नु हुने जनाइएको छ । थाईल्याण्डमा जर्बजस्ती बालबालिका यौन पर्यटनको शिकार बनिरहँदा पनि प्रहरी यसलाई कम गर्न असफल भईरहेको जनाइएको छ

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......