त्रिशुली थ्री ए को निर्माणमा प्रयोग गर्न लागिएको सिमेन्ट शिल


कपिलदेव खनाल
३ कात्तिक, नुवाकोट । निर्माणाधीन माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजनामा प्रयोग भइरहेको सिमेण्ट कमसल भएको प्रमाणित भएपछि शिल गरिएको छ ।
चीनियाँ ठेकेदार कम्पनी सीजीजीसी, विद्युत प्राधिकरण र रसुवा जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख सहितको उपस्थितीमा करिव ५ सय उन्नाइस टन सिमेण्ट प्रयोग गर्न नमिल्ने गरि शिल शिल गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो । करिब तीन करोड मूल्य बराबरको अम्बुजा सिमेण्ट शिल गरिएको हो ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवाको डाडागाउँमा निर्माणाधिन उक्त आयोजनाको बाँध र सुरूङको निर्माण चरणमै म्याद गुज्रेका र गुणस्तरहिन सिमेन्ट प्रयोग भैरहेको हालै सार्वजनिक भएको थियो । ६० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको माथिल्लो त्रिशुली थ्री ए को क्षमता बढेर ९० मेगावाट पुग्ने तयारी भइरहेको बेला निर्माणधीन जलविद्युत स्थलमा गुणस्तरहीन निर्माण सामाग्री भेटीएपछि सबै चकित बनेका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......