अमेरिकाको
मिचिगन विश्वविद्यालयका एकजना प्राध्यापक विद्यार्थीकै अगाडि
कक्षाकोठाभित्र नांगिएका छन् ।कक्षामा पढाउँदै गर्दा के सनक चढेर हो कुन्नी
? उनले एकाएक आफुले लगाएका सबै कपडा फुकालेर चिच्याउन थाले र
विद्यार्थीलाई नै हपार्न थाले । उनले आफुले लगाएका मोजा बाहेक अरु सबै कपडा
फुकालेका थिए । गुरुको त्यो चाला देखेर कक्षाका विद्यार्थीहरु कोठाबाट
बाहिर भाग्दै स्थानीय पुलिसलाई फोनमार्फत खबर गरेछन् ।
प्रहरी तत्काल आएर तमासा देखाइरहेका
प्रोफेसरलाई नियन्त्रणमा लियो । प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको
हुनसक्ने भन्दै अस्पतालमा भर्ना गरेको छ ।
विद्यार्थीहरुका अनुसार नांगिने ती
प्रोफेसरले गणित विषय पढाउँथे । कक्षाकोठामै नांगिने त्यस दिन ती शिक्षक
पढाउन कक्षामा प्रवेश गरेदेखि नै केही तनावमा रहेको जस्तो देखिएका र
विभिन्न अनौठा गतिविधि गरेसँगै कपडा फुकालेर चिच्याएका विद्यार्थीहरुले
जनाएका छन् ।
