छिमेकीमुलुक
भारतको हरियाणास्थित सुरजकुण्डमा भएको एक कार्यक्रममा नृत्यगंनाले
नाँच्दा–नाँच्दै आफ्नो कपडा उतारेर हंगामा मच्चाएकी छिन् । त्यहाँ चलिरहेको
अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा स्पेनकी डान्सर सोफियाले नाँच्ने
सिलसिलामै कपडा उतारेर टपलेस भएपछि हंगामा मच्चिएको हो ।
सम्मेलनको फायर शोमा डान्सर सोफिया
नाँच्दा–नाँच्दै टपलेस भइन्, जसलाई देखेर दर्शक हेरेको हेरेकै भए, आयोजकलाई
अप्ठ्यारो भयो । आयोजकले शो बिचमै रोकिदिए र सोफियालाई कपडा ओढाएर
स्टोजबाट बाहिर निकाले ।
माहोल शान्त भएपछि डान्सर सोफियाको उक्त
हरकतको बारेमा आयोजकलाई सोधियो, तब आयोजकले फायर डान्सका सिलसिलामा कपडा
उतार्ने गरिएका कारण सोफियाले पनि कपडा उतारेको जवाफ दिए । तर, आयोजकले
सोफियालाई भारतको संस्कृतिको बारेमा जानकारी नभएको भन्दै अन्जानमा त्यस्तो
हुने पुगेको प्रतिक्रिया दिएको जनाइएको छ ।
आयोजकले सोफियालाई त्यस्तो गर्न नभनेको
दाबी गरेका छन् । नर्तकी सोफियाले भने आफूले कूनै अश्लिल हर्कत नगरेको
भन्दै त्यो क्रियाकलाप नर्मल डान्स भएको प्रतिक्रिया दिएको बताइएको छ ।
त्यस घटनापछि सामाजिक संगठनले भने घटनाको निन्दा गरेको जनाइएको छ ।
