१५ कात्तिक, दोहा । करिव एक वर्ष अघि
रोजगारीका लागि कतार पुगेका एक नेपालीको गत आइतवार मृत्यु भएकेा छ । मृत्यु
हुनेमा पर्वत उरामपोखर-४ का ४२ वर्षीय चित्रबहादुर सार्कीको रहेका छन् ।
दिनभर काम गरेर राति आवासमा सुतेका
सार्की बिहान मृत फेला परेका थिए । एक पटक काम गरेर विदामा घर फर्किएका
सार्की गएको मङ्सिरमा पुनः रोजगारीका लागि कतार गएका थिए । उनका श्रीमती,
दुई छोरी र एक छोरा छन् ।
सार्कीको शव नेपाल ल्याउन पहल गरिदिन मृतकका परिवारले माग गरेका छन् ।
