१६ कात्तिक, सिराहा । सिराहामा प्रहरी र गाँजा तस्करबीच दोहोरो गोली हानाहान भएको छ । प्याकिङ गरिएको झण्डै एकसय ५० किलो गाँजा भारत लैजाने तयारी भईरहेको जानकारी पाएपछि सर्च अभियानमा निस्किएको प्रहरी टोली र तस्करको समूहबीच सिराहाको गोविन्दपुरमा दोहोरो गोली हानाहान भएको हो ।
नेपाल भारतको सीमा क्षेत्रमा रहेको महेशवारी प्रहरी चौकीको टोली माथि तस्करको समूहले फायरिङ गरेपनि आफुहरुले जवाफि कारबाही स्वरुप गोली प्रहार गरेको सिराहाका प्रहरी प्रमुख बिक्रम गुरुङले जानकारी दिनुभयो ।
गोली प्रहार पछि तस्करहरुले प्याकिङ गरिएको गाँजा फालेर भागेका थिए । घटनामा अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ । भागेका तस्करहरुको खोजीकार्य जारी छ ।