पोर्चुगलबाट पहिलो नेपाली छापा पत्रिका सुरु

२६ अक्टुबर, लिस्वन । पोर्चुगलबाट नेपाली भाषामा प्रकाशित भएको छापा पत्रिकाको विमोचन भएको छ । बुधबार लिस्वनस्थित अन्नपूर्ण रेष्टुरेण्टमा ´नेपाली वेभ´ नामक छापा पत्रिकाको विमोचन गरिएको छ । नेपाली भाषामा पाक्षिकरुपमा प्रकाशित हुने उक्त छापा पत्रिका पोर्चुगलमा नेपाली समुदायलाई लक्षित गरि प्रकाशन गरिएको पत्रिकाका प्रधान सम्पादक कमल विष्टले जानकारी गराउनुभएको छ ।
विगत लामो समयदेखि पोर्चुगलमा अनलाइन पत्रकारिताको सुरुवात भए पनि छापा पत्रिका भने हालै मात्र प्रकाशन भएको हो ।
यसअघि अमेरिका, बेलायत, हङकङ, कतार, मलेसिया लगायतका देशबाट नियमितरुपमा छापा पत्रिकाहरु प्रकाशन हुँदै आएका छन् । पोर्चुगलमा यसअघि बिभिन्न अनलाइनहरु संचालनमा छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......