बडादशैंको टीका साइत ११ बजेर २९ मिनेटमा

२५ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालीहरुको महान चार्ड बडादशैंको टिकाको साइत ११ बजेर २९ मिनेटमा रहेको बताएको छ ।
विजया दशमीको टिका कात्तिक ८ गते बुधबार छ । बुधवार बिहान ९ बजेर ३५ मिनेटमा दुर्गा बिसर्जन र ११ बजेर २९ मिनेटमा दुर्गाभवानीको टीकाप्रसाद ग्रहणको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिनुभयो ।
यस्तै बडादशैंको पहिलो दिन घटस्थापना असोज ३० गते मंगलबार बिहान ११ बजेर सात मिनेटको शुभ साइतमा दुर्गा स्थापना गर्नु उत्तम रहेको समितिले जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......