मेसी यसै साता बाबु बन्ने


messi (1)
विश्व फुटबलमा सनसनी मच्चाइरहेका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी यसै साता पहिलो पटक बाबु बन्ने तयारीमा रहेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार मेसीकी गर्भवती प्रेमिका एन्टोनेला रोकुजोलाई सुत्केरी हुनका लागि चिकित्सकहरुले यसै साताको समय दिएका छन् ।

मेसीकी प्रेमिकाको गर्भमा रहेको बच्चा छोरा भएको यसअघि नै पक्का भइसकेको छ र बच्चाको नाम थियागो राखिइसकेको छ । गतसाता नै वच्चा जन्मने अपेक्षा गरिएको थियो । प्रेमिकाको सुत्केरी हुने समयका लागि बार्सिलोनाले मेसीलाई यो सप्ताहन्तमा आराम दिने सञ्चार माध्यमले जनाएका छन् । ‘शनिबार डेपोर्टिभो ला कोरुनाविरुद्धको खेल मेसीका लागि ऐतिहासिक हुनसक्छ । किनकी त्यो खेलमा उनी पुत्रलाभको अपेक्षामा मैदानबाहिर हुने सम्भावना छ । मेसी स्वयमले पनि उनको परिवार नयाँ सदस्यको आगमनमा खुसी मनाउन बार्सिलोना आउँदै गरेको पुष्टि गरिसकेका छन् ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......