आगोको फुटबल




विश्वमै सुन्दर खेलको उपमा पाएको फुटबल इन्डोनेसियामा आगोको बल बनाएर खेलिन्छ भन्दा धेरैलाई पत्यार लाग्दैन। पूर्वी जाभाको ग्रामीण  भेगमा वाषिर्क रूपमा खेलिने आगोको फुटबलले हेर्दा जति रोमाञ्चकता सिर्जना गर्छ खेल्नका लागि भने ठूलै साहस र तपस्याको आवश्यकता  पर्छ।

यो फुटबल जो-कोहीले खेल्न सक्दैनन्। यो खेलको तयारी गर्न खेलाडीहरूले प्रार्थना र उपवास बस्नु आवश्यक छ। त्यसका लागि खेलाडीहरू लाई आगोले नपोल्ने अभ्यास गराइन्छ भने उनीहरूलाई मनोवैज्ञानिक एवं आध्यात्मिक शिक्षासमेत दिइन्छ। २१ दिनको यो अभ्यास सकेपछि  बल्ल खेलाडीहरूलाई मैदानमा उतारिन्छ।

मुस्लिम बाहुल्यता भएको उक्त क्षेत्रमा यस्तो किसिमको फुटबल प्रतियोगिता आयोजना गर्नुको मुख्य कारण विद्यार्थीहरूको आँट परिक्षण गर्नु नै  हो।

६० मिनेटको यो फुटबल प्रतियोगिताको ग्राउन्ड २५ वर्गमिटरको हुन्छ। एउटा खेलका लागि चारवटा नरिवल प्रयोग गरिन्छ। प्रतियोगितामा  खेलाइने नरिवललाई दुई दिन मटीतेलमा भिजाएर राखिन्छ। यसरी राख्दा नरिवलले राम्रोसँग मट्टीतेल सोस्छ र नरिवलको बल चाँडै निभ्दैन।

अरू फुटबलमा रेफ्रीले सिठ्ठी बजाएर खेल सुरु भएको जनाउ दिन्छन् भने यसमा रेफ्रीले नरिवलको बलमा आगो लगाएर खेल सुरु गर्छन्।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......