पछिल्लो
तीन महिनामा कम्पनीले घाटा सहनुपरेको रिपोर्ट भुलबस सार्वजनिक हुँदा
इन्टरनेट जाइन्ट गुगलले आठ मिनेटमै करिव १९ अर्ब डलर गुमाउनु परेको छ ।
अपेक्षा
विपरित गुगलको नाफामा पछिल्ला तीन महिनामा मात्र २० प्रतिशत अर्थात २ अर्ब
१८ करोड डलरले घटेको थियो । यो गुह्य कुरा सार्वजनिक भएपछि २ घण्टामा
गुगलको शेयर मूल्य ९ प्रतिशतले गिरावट आयो । जसका कारण गुगललाई करिव १९
अर्ब डलर घाटा भएको छ ।
गुगलको
प्रेससम्बन्धी काम गर्ने कम्पनीले गुगलको अन्तिम अनुमतिबिनै त्यो रिपोर्ट
सार्वजनिक गरेको थियो । जसका कारण लगानीकर्ताले धमाधम गुगलको सेयर बेच्न
थाले र उसको सेयर मूल्यमा भारी गिरावट आयो ।
यद्यपी
शेयर कारोबार बन्द हुँदाको समयसम्ममा केही हदसम्म घाटा कम भयो । बजार बन्द
भएपछि गुगलका मुख्य कार्यकारी अधिकारी ल्यारी पेजले कन्फ्रेन्स कलको
माध्यमबाट विश्लेशकहरुसँग माफी मागेका छन् ।
गुगलको कुल
राजश्वमा साढे ७ अर्ब डलरबाट ११ अर्ब ३० करोड डलरसम्म बृद्धि भएको छ तर,
यसको नाफाको बारेमा जुन अनुमान गरिएको थियो त्यो भन्दा निकै कम हो ।

