नेपाली चलचित्रमा महिला र पुरुषबीचका सम्बन्धमा थुप्रै सिनेमा
निर्माण भएका छन् । तर पुरुष पुरुषबीचको आकर्षण र सेक्सका बिषयमा सिनेमा
निर्माण भएको पाइएको छैन ।
यसैबीच
निर्माता युवराज खत्रीले पुरुष-पुरुषबीचको आकर्षण र सेक्सका बिषयमा एक
सिनेमाको निर्माण गरेका छन् । यसअघि ‘द लास्ट किस’ नामक सिनेमा बनाएर
चर्चामा आएका उनले निर्माण गरेको दोश्रो चलचित्रको नाम ‘लभ यु म्यान’ रहेको
छ ।
चलचित्र लभ यु म्यानमा राज आर्यन, सुरेश चौधरी, प्रनिशा अधिकारी लगायतका
कलाकारको अभिनय समावेश छ । चलचित्रलाई बी.बी. फुयाँलले निर्देशन गरेका हुन्
। मंसिरको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा दुई नव
नायक बीचको आकर्षण र सेक्स सम्बन्धलाई उठान गरिएको छ । चलचित्रको प्रोमो
अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।
