नेपालकी सुप्रिया लिटल मिस वर्ल्ड

 २१ असोज, काठमाडौं । नेपालकी सुप्रिया मास्केले १२ औं लिटिल मिस वल्ड २०१२ को उपाधि जितेकी छन् । उनी उपाधिसँगै आइतबार स्वदेश फर्किएकी छिन् ।
उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा आफन्त र सहकर्मीहरुदे स्वागत गरेका छन् । गोरखा स्थायी घर घई काठमाण्डौंको नयाँबजारमा बस्दै आएकी १२ बर्षकी मास्केले विभिन्न २७ देशका प्रतिष्पधीलाई उछिन्दै लिटिस मिसको उपाधि चुमेकी हुन् ।
शनिबार टर्कीको आन्टाल्यास्थित अमरा होटलमा भएको प्रतियोगितामा युक्रेनकी सोफिया कुत्सेनको फस्ट रनरअप भएकी छन् । गत बर्ष पनि नेपालकै १९ बर्षकी विपश्वी पौडेलले उक्त उपाधि जितेकी थिइन् ।
सुरुदेखिनै उपाधि जित्छु भन्ने आत्मविश्वास भएकी सुपि्रया ललितपुरको लिटिल एन्जल्स स्कुलमा कक्षा सातमा अध्ययरत रहेकी छन् । उपाधि जितेसँगै निक्कै खुसी भएकी सुपि्रयाले यो जितेले केही गर्ने आत्मबल बढेको बताएकी छन् ।

गत सेप्टेम्बरमा नेप्लिज काउन्सिलले आयोजना गरेको लिटिल मिस वल्ड नेपाल २०१२ मा विजयी बन्दै उनी १० दिन अघि उनका बाबु अनिर र लिटिल मिस वल्ड नेपाल च्याप्टरका निर्देशक दीपेन्द्ररत्न शाक्यसँगै टर्की गएकी थिइन् ।
छोरीको जीतको खबर सुनेर खुसी भएकी उनकी आमा सुष्माले पनि आफु धेरै सुखी भएको बताइन् । उनले भनिन्-’आज म धेरै खुसी छु, छोरीले टाइटल जितेपछि मेरो खुसीको सीमा छैन्, अब सिंगो देशले नै उनको सफलताको गर्भ गर्नुपर्छ ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......