खेलाडीहरुको दशैं

पारस खड्का : काठमाडौंका बासिन्दा भएकाले पारसको दशैं राजधानीमा नै वित्नेछ । हालै मात्र डिभिजन फोर र एसीसी ट्रफी जितेर आएका राष्ट्रिय टोलीको सफल कप्तान पारस दशैंमा साथीभाईसँग बसेर रमाइलो गर्ने योजनामा छन् । ‘दशैंमा साथीभाईहरुसँग बसेर रमाइलो गरिन्छ’ पारसले अनलाइनखबरसँग भने-’मिल्यो भने साथीहरुसँग मिलेर घुम्न गइन्छ ।’ उनले रमाइलोका लागि विगतका वर्षहरुमा जस्तै तास खोल्ने बताए । दशैंको सबैभन्दा मन पर्ने कुरा विजया दशमीको टिका र आफन्तहरुसँगको भेट हो पारसलाई ।
पृथु बास्कोटा  :
यु-१९ राष्ट्रिय टोलीका कस्तान एवं सिनियर टोलीका महत्वपूर्ण सदस्य पृथु पनि दशैंमा रमाइलो गर्ने मुडमा छन् । ‘दशैंमा रमाइलोका लागि तास खोलिन्छ’ उनले अनलाइनखबरसँग भने-’मिल्यो भने साथीहरुसँग घुम्न जानु पर्छ ।’ रमाइलोका लागि तास र कौडा खेल्ने पृथुले गत वर्ष केही पैसा जितेको समेत सुनाए । ‘पहिले पहिले भए चंगा उडाउन मज्जा लाग्यो’ उनले भने-अब च हरायो ।’ उनलाई पनि दशैंको सबैभन्दा मन पर्ने भनेको टिका नै हो ।
निरा राजोपाध्याय :
महिला राष्ट्रिय टोलीका सदस्य नेरी भने पहिलो पटक दशैंमा घरमा नहुने भएकी छिन् । ग्वान्झाओमा हुने एशिया कप खेल्न उनीसहितको नेपाली टोली आइतबार चीन गएको छ । ‘पहिलो पटक दशैं मनाउन नपाउने भएको छु’ उनले अनलाइनखबरसँग भनिन्-’तर, खेल्दै दशैंको सम्झना गर्नु पनि रमाइलो नै हुन्छ ।’ विगतका दशैंमा रमाइलोका लागि साथीहरु तास खेल्ने निराले यस यस पटक परिवार, साथीसँगै तासलाई मिस गर्ने छिन् ।
रोहित चन्द :
राष्ट्रिय टोलीका भरपर्दा डिफेण्डर रोहित सुर्खेतस्थित घर पुगिसकेका छन् । यद्यपी जुठो परेका कारण उनको परिवारमा यसपाली दशैंको खासै रौकन भने छैन । टिका नलगाएपनि साथीभाइसँग रमाइलो गर्ने उनको योजना छ । ‘टिका नलगाएपनि साथीहरुसँग तास खेलिन्छ’ उनले अनलाइनखबरसँग भने-’साथीहरुसग मिलेर क्रिकेट पनि खेल्छु ।’ सानैदेखि क्रिकेट खेलेकाले सबै नियम थाहा भएकाले क्रिकेट खेल्न पनि रमाइलो नै हुने उनले सुनाए ।
मन्जु गुरुङ :
पोखराकी भलिवल खेलाडी मञ्जु परिवारसँगै बसेर दशैं मनाउँदै छिन् । शुक्रबार मात्र अपिस विदा भएकाले धेरै सपिङ समेत गर्न भ्याइनभ्याइ भयो उनलाई । दशैंमा उनलाई पिङ खेलेको सबैभन्दा राम्रो लाग्छ । ‘मैले त खेल्दिन तर, अरुले पिङ खेलेको राम्रो लाग्छ’ मञ्जुले अनलाइनखबरसँग भनिन् । दशैंमा मान्यजनबाट टिका लगाउने र साथीभाईसँग रमाइलो गरेर बस्ने उनको योजना छ । अधिकांश खेलाडीहरुले रमाइलोका लागि तास खेल्ने बताएपनि उनले भने कहिल्यै नखेलेको र यसपाली पनि नखेल्ने बताइन ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......