पुरुषमा पनि हुन्छ स्तन क्यान्सर


महिलाहरुको हकमा स्तन क्यान्सर प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । तर स्तन क्यान्सर केवल महिलाहरुमा मात्र होइन पुरुषहरुमा पनि हुनसक्छ । यद्यपि स्तन क्यान्सरका रोगी पुरुषहरुको संख्या निकै कम छ तथापि पुरुषहरुमा स्तन क्यान्सर भयो भने त्यो महिलाहरुमा भन्दापनि निकै जटिल हुने चिकित्सकहरु बताउँछन् ।
खासगरी ४० देखि ६० वर्ष उमेर समूहका पुरुषहरुमा क्यान्सरको जिवाणु विकाश हुने खतरा बढि हुन्छ । धेरै रक्सी खाने पुरुषहरु तथा अधिक मोटोपन र कलेजोमा समस्या भएका पुरुषहरुमा स्तन क्यान्सरको खतरा बढि हुने बताइन्छ ।

पुरुष क्यान्सरका लक्षणहरु
छातिको स्तन क्षेत्रमा भारीपन महसुस हुनु तथा स्तनको आकार असामान्य बन्नु स्तन क्यान्सरको मुख्य लक्षण हो । यद्यपि पुरुषमा कहिलेकाहीँ हर्मोनको गडबडीले पनि स्तनको आकारमा फरकपन आउन सक्छ । तरपनि स्तनको आकारमा असामान्य परिवर्तन भयो भने तुरुन्त स्वास्थ्य संस्थामा गइ जाँच गराउनुपर्छ । यस्तै स्तनमा गाँठागुठी आउनु, स्तनको टुप्पोबाट रगत वा पिप बग्नु पनि पुरुषमा हुने स्तन क्यान्सरका लक्षणहरु हुन् ।
उपचार
पुरुष र महिलामा स्तन क्यान्सरका लक्षण लगभग समान हुन्छन् । तर उपचार भने क्यान्सर कुन चरणको हो भन्ने कुरामा निर्भर रहन्छ । कतिपय अवस्थामा स्तन काटेर फाल्नुको विकल्प रहँदैन । तर कतिपय अवस्थामा लिम्फ नोड बायोस्पी, एडजस्ट थेरापी, रेडियसन थेरापी तथा केमोथेरापी जस्ता उपचार पनि स्तन क्यान्सरको उपचारमा कामयावी हुन्छन्

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......