विजेता क्रिकेटरहरूको नगर परिक्रमा (फोटो फिचर र भिडियोसहित)

काठमाण्डौं । यूएर्इमा भएको एसीसी एलिटकप क्रिकेटको उपाधि जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सम्मान स्वरूप सोमवार  नगर परिक्रमा गराएको छ ।
 काठमाण्डौंको नक्सालमा रहेको होटल क्राउन प्लाजाबाट विहान ११ बजेपछि शुरु भएको नगर परिक्रमा  जय नेपाल हल, नारायणहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, शहिदगेट हुँदै त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदमा पुगेर समापन भएको थियो । बाजागाजासहित सुरू भएको नगर परिक्रमामा युवा सर्मथकहरूको उल्लेख्य सहभागिता थियो ।

नगर परिक्रमापछि भएको कार्यक्रम भने  अनि अव्यवस्थित थियो । कार्यक्रममा खाली कुर्सी बाहेक केही थिएन भने राखेप सदस्य सचिव युवराज लामा पनि उपस्थित भएनन् । त्यसपछि आक्रोसित समर्थकहरुले नाराबाजी गरे । त्यसपछि राखेपका कोषध्यक्ष इन्द्रबहादुर थिङले जानकारी नभएकाले व्यवस्थापन हुन नसकेको भन्दै राखेपले छिट्टै औपचारिक कार्यक्रम गर्ने जानकारी दिनुभयो ।
 




साभार >अनलाइन  खबर डट कम 

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......