च्याम्पियन्स लिग २०-२० क्रिकेटमा सेमिफाइनलका खेल सुरु



९ कात्तिक, काठमाण्डौं । दक्षिण अफ्रिकामा जारी च्याम्पियन्स लिग २०/२० क्रिकेट अन्तर्गत आज देखि सेमीफाईनल चरणका खेलहरु सुरु हुदै छन् । प्रतियोगीताको पहिलो सेमीफाईनलमा खेलमा दिल्ली डेयर डेविल्स र लायन्स भिड्दै छन् ।
खेल राती सवा ९ वजे पछि डर्बनमा सुरु हुने छ । दिल्ली समुह एको विजेता हो भने लायन्स समुह बि को उपविजेता वन्दै सेमीफाईनलमा प्रवेश गरेको हो । दिल्ली समुह एमा १२ अंकका साथ विजेता वनेको हो भने समान अंक रहेको लायन्स समुह बि को उपविजेता भएको हो ।
आजको विजेताले भोली हुने दोश्रो सेमीफाईनलको विजेता संग प्रतिस्पर्धा गर्नेछ । दोश्रो सेमीफाईनलमा टाईटन र सिड्नी सिक्सर भिड्ने छन् । सिड्नी समुह वि को विजेता तथा टाईटन समुह ए को उपविजेता हो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......