कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

२७ असोज, भक्तपुर । भक्तपुरको मध्यपुरथिमीको राधेराधे अगाडि कारले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अर्का दुईजना घाइते भएका छन् ।
काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ जाँदै गरेको बा ८ च ७८३२ नम्बरको कारले बा ३५ प ५२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुवैको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडाँै लाजिम्पाटका वाङ्देल लामा र फूर्वा टेन्डी शेर्पा रहेका छन् ।
कारले बा १९ प ८१३२ नम्बरको अर्को मोटरसाइकललाई पनि ठक्कर दिँदा त्यसमा सवार काठमाडाँै साङ्ले गाविस-१ झोरका सुदर्शन सापकोटा र लाजिम्पाटका उसान लामा घाइते भएका छन् । घाइते दुवैको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सापकोटाले भक्तपुरको सङ्ग्रहालय हेर्न दुईवटा मोटरसाइकलमा आएको तर राधेराधे पुगेपछि पछाडिबाट हर्नसमेत नबजाई तीव्र गतिमा आएको कारले साथीको मोटरसाइकललाई ठक्कर दिएको बताउनुभयो । ठक्कर दिने कारको अगाडिको भाग पूरै क्षतिग्रस्त भएको छ ।
ठक्कर दिएलगत्तै फरार रहेका कारका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......